नियम ५
उजुरी सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ७ को खण्ड (ड) बमोजिम कसैले आयोगमा उजुरी दिन चाहेमा स्वयं उपस्थित भई वा अन्य कुनै पनि माध्यमबाट प्रमाण सहित अनुसूची-२ बमोजिमको ढाँचामा उजुरी दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम आयोगमा प्राप्त हुने उजुरी अनुसूची-३ बमोजिमको दर्ता किताबमा दर्ता गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम दर्ता भएको उजुरी उपर आयोगले आवश्यक ठानेमा सम्बन्धित व्यक्तिलाई उपस्थित गराई छलफल गर्न सक्नेछ।
(४) आयोगले उजुरी उपर छानबिन गर्दा तथ्य सङ्कलन र विश्लेषण गर्नेछ।
(५) उजुरीको सत्यताको परीक्षण गर्न आयोगले कुनै सदस्य, कर्मचारी वा विज्ञ खटाउन सक्नेछ।
(६) उपनियम (५) बमोजिम खटाइएको कुनै सदस्य, कर्मचारी वा विज्ञले छानबिन गर्दा स्थलगत अध्ययन गरी सरोकारवाला तथा विज्ञसँग छलफल गरी प्रतिवेदन पेश गर्नु पर्नेछ।
(७) उपनियम (६) बमोजिम प्राप्त प्रतिवेदन निर्णयको लागि आयोगको बैठकमा पेश गर्नु पर्नेछ।
(८) उपनियम (७) बमोजिम पेश भएको विषयमा आयोगले गरेको सिफारिस सहित त्यस्तो उजुरी उपर छानबिन तथा तहकिकात गर्न सम्बन्धित निकायमा पठाउनु पर्नेछ।
(९) यस नियम बमोजिम परेको उजुरी पुष्टी हुन नसकेमा आयोगले उजुरी मुल्तवी वा तामेलीमा राख्ने निर्णय गर्न सक्नेछ।